फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।
युरोपेली संघ (ईयू) का सात राष्ट्रका नेताले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न आग्रह गरेका छन्।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे कडा चिन्ता व्यक्त गरिएको छ।
राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए। तर विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटिया विजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन्।
“हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौँ,” सात देशका नेताले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
“भेनेजुएलाका विशेषगरी विपक्षी राजनीतिक नेता र सबै नागरिकको अधिकारलाई यस प्रक्रियामा सम्मान गर्नैपर्छ,” विज्ञप्तिमा भनिएको छ, “उनीहरूविरुद्ध कुनै पनि गिरफ्तारी वा धम्कीको हामी कडा शब्दमा निन्दा गर्दछौँ, अधिकारीहरूले जनताको शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्ने र भेला हुने अधिकारको सम्मान गर्नुपर्छ।”
भेनेजुएलाका हजारौँ नागरिक मादुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला उक्त वक्तव्य आएको हो। राष्ट्रपतिप्रति वफादार रहेको सीएनई निर्वाचन प्राधिकरणले शुक्रबार मादुरोको विजयलाई अनुमोदन गरेपछि शुरू भएको प्रदर्शनमा ११ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ।
अमेरिका, अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशले उक्त नतिजालाई अस्वीकार गरिसकेका छन्। भेनेजुएलाको विपक्षी दलले आफ्नो उम्मेदवार गोन्जालेज उरुटिया स्पष्ट रूपमा विजयी भएको दाबी गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
