दोलखा प्रदेशसभा–२ मा एमालेका केसी विजयी

दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा कांग्रेसका बर्मा लामालाई पराजित गर्दै एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

काठमाडौँ– दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन्।

उनले कांग्रेसका बर्मा लामालाई पराजित गरेका हुन्। केसीले १९ हजार ४१४ मत ल्याए।

कांग्रेस जिल्ला सभापतिसमेत रहेका लामाले १७ हजार ५९५ मत प्राप्त गरे।