प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ।
हजारौँ बांग्लादेशी प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आइतबार मध्य ढाकामा भेला भएका छन्।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ। सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदंगामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ।
राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन्। “बांग्लादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,” उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न सहयोग गरिरहेका बेला केही पूर्वसैन्य अधिकारी भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन्। सेनाका पूर्वप्रमुख जनरल इकबाल करिम भुइयाँले प्रदर्शनलाई समर्थन गरेको संकेत गर्दै आफ्नो फेसबुकको प्रोफाइल तस्वीर रातो बनाएका छन्।
वर्तमान सेना प्रमुख वाकर–उज–जमानले पनि शनिबार ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै भने, “बांग्लादेशी सेना जनताको विश्वासको प्रतीक हो।”
“हामी सधैँ जनताको पक्षमा उभिएका छौँ र जनताको हित र राज्यको कुनै पनि आवश्यकताको समयमा जनताको साथमा हुनेछौँ,” शनिबार जारी भएको सेनाको विज्ञप्तिमा उनले भनेका छन्। विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको हो या होइन स्पष्ट रूपमा खुलाइएको छैन।
सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनर्स्थापित गरेको थियो। प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो संख्यामा जनताले पुनः आन्दोलन चर्काएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
