ताप्लेजुङको आँखोप केन्द्रविन्दु भएर भूकम्प

आइतबार दिउँसो ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौँ– ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरक अनुसार आइतबार दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ। यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

असार २६ गते खेजेनिमसँगै सीमा जोडिएको वडा नं ५ तापेथोक केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

केन्द्रका अनुसार साउन २ गते रसुवाको मान्चेट केन्द्र भएर ३.९ र मुगुको दर्मा केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो।