माया लुहार हत्याका आरोपी सशस्त्र जवान भरतराम कोली महेन्द्रनगरबाट पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की माया लुहारको हत्या आरोपमा २२ वर्षीय भरतराम कोली पक्राउ गरेका छन्।

साङ्‍केतिक तस्वीर

काठमाडाैँ– बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की माया लुहारको हत्या आरोपमा २२ वर्षीय भरतराम कोली पक्राउ गरेका छन्।

सशस्त्र जवानसमेत रहेका काेलीलाई प्रहरीको विशेष सुरक्षा टोलीले महेन्द्रनगरबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर भरतराज गिरीले जानकारी दिए।

मंसिर १३ गते घरबाट माया लुगा सिलाउन कुलाउ बजार गएकी थिइन्। साेही माैका छाेपी भरतले मायाकाे घाँटी रेटेर हत्या गरेकाे पीडित परिवारले दिएकाे जाहेरीमा उल्लेख छ।

भरत र मायाबीच प्रेम सम्बन्ध रहेको बुझिएकाे गिरीले बताए। "अभियुक्त पक्राउ परेकाे छ। थप विषय अब अनुसन्धान हुन्छ", उनले उकालाेसँग भने।