वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार आइतबार भोटो देखाइएको छ।
काठमाडौँ– वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथयात्रामा भोटो देखाउने जात्रा सम्पन्न भएको छ। रथलाई बिहीबार जावलाखेल पुर्याइएको थियो। जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार आइतबार भोटो देखाइएको हो।

रातो मत्स्येन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको हो। गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै रातो मत्स्येन्द्रनाथको जात्रा शुरू भएको थियो। आइतबार भोटो देखाएसँगै यस वर्षको रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न भएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गरेका थिए।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
