मौसम फेरबदल भइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।
मुगु– मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ। मौसममा फेरबदल आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ।
शुक्रबार समिट एअरले नेपालगन्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम प्रतिकूल बनेको भन्दै १० मिनेटनजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगन्ज फर्किएको थियो।
शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आइतबार मौसममा केही सुधार भएपछि उडानको तयारी भए पनि पुनः मौसम प्रतिकूल बनेपछि समिटले एयरले रारा विमानस्थलको उडान स्थगित गरेको जनाइएको छ।
तीन दिनदेखि उडान नभएपछि नेपालगन्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगन्ज जाने यात्रुहरू समस्यामा परेका छन्। आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि सकिएको यात्रुहरूले दुखेको सुनाउँछन् ।
रारा विमानस्थलमा उडान नहुँदा मुख्य गरी वर्षे बिदामा घर गएका शिक्षक प्रभावित भएका छन्। शिक्षक नम्रता मल्ल भन्छिन्, “सडक राम्रो छैन। मौसमको खराबीले हवाई उडान पनि निश्चित छैन, त्यसैले समस्या भएको छ । कार्यक्षेत्रमा जान सकिएको छैन।”
रारामा उडान भर्ने तीन एयरलाइन्स छन्। तीमध्ये तारा एअरले मर्मत सम्भारका लागि भन्दै काठमाडौँ र सीता एअरले प्रशासनिक काम देखाउँदै मुगु उडान गरेको छैन। हाल समिट एअरले मात्र उडान भर्दै आएको थियो। सीता एअर मुगुका स्टेसन प्रमुख धीरेन्द्र भाम आफ्नो एयरलाइन्सले पनि मौसमले साथ दिए सम्भवतः सोमबारबाट रारा विमानस्थलमा नियमित उडान गर्ने बताउँछन्।
रारामा नियमित उडान गर्दै आए पनि तीन दिनयता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एअरका नेपालगन्ज स्टेसन प्रमुख वसन्त मल्ल बताउँछन्। उनी भन्छन्, “मुगु जाने र मुगुबाट नेपालगन्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो। बीच बाटोमा मौसम बिग्रँदा जहाज फर्कनुपर्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
