पेरिस ओलम्पिक: टेनिसमा अल्काराजलाई हराउँदै जोकोभिचले जिते स्वर्ण

जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।

सर्बियाका टेनिस खेलाडी नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा पुरुष सिंगल्स टेनिसको फाइनल खेल जितेर स्वर्ण पदक हात पारेका छन्। फाइनल खेलमा जोकोभिचले स्पेनका कार्लोस अल्काराजलाई ७–६, ७–६ ले हराए।

जोकोभिचको यो पहिलो ओलम्पिक उपाधि पनि हो। योसँगै जोकोभिच ओलम्पिक टेनिस प्रतियोगितामा सबैभन्दा बढी उमेरमा स्वर्ण पदक जित्ने खेलाडी बनेका छन्।

गत महिना भएको विम्बल्डन फाइनलमा अल्काराजले जोकोभिचलाई पराजित गर्दै उपाधि कब्जा गरेका थिए।

यसअघि जोकोभिचले २००८ को ओलम्पिकमा कांस्य पदक जितेका थिए।