दोस्रो एकदिवसीय खेलमा श्रीलंकासँग भारत ३२ रनले पराजित

श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।

श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता बनाएको छ।

कोलम्बोस्थित आर प्रेमदास रंगशालामा गएराति टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा २४० रन बनायो। श्रीलंकाका लागि अविष्का फर्नान्डो र कामिदु मेन्डिसले सर्वाधिक ४०/४० रन बनाए। भारतका लागि वासिंटन सुन्दर सर्वाधिक सफल बलर रहे। वासिंटन सुन्दरले तीन विकेट लिए।

२४१ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको शुरूआत राम्रो रह्यो। कप्तान रोहित शर्मा र ओपनर शुभमन गिलबीच ९७ रनको साझेदारी भयो। रोहित शर्माले ६४ रनको इनिङ खेले। तर रोहित आउट भएपछि भारतले नियमित अन्तरालमा विकेट गुमाउँदै गयो र २०८ रनमा अलआउट भयो।

भारतीय टोली हाल श्रीलंका भ्रमणमा छ, जहाँ उसले तीन एकदिवसीय खेलको शृंखला खेलिरहेको छ। यो शृंखलाको पहिलो खेलमा बराबरी भएको थियो।