धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।
काभ्रेपलाञ्चोक– काभ्रेको बनेपामा ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेन्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझेदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो।
स्नातक तहको उक्त विषयमा यस वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने जनाइएको छ। भेन्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चारवर्षे उक्त तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारीरूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ। “चारवर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यस विषयमा अध्ययन गर्न विदेशिनुपर्ने बाध्यता हट्नेछ,” उनले भने।
यस्तै, चारवर्षे स्नातक कार्यक्रममा उड्डयन कानून तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थानसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ।
“यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व्यवहारिक प्रशिक्षण प्रदान हुनेछ,” थापाले भने। उनका अनुसार विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ।
केयूका उपकुलपति डा भोला थापाले समयको मागअनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण शुरू गर्न लागिएको जानकारी दिए। “नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यस विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
