बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० भन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।
बेलायतमा तीन बालिकाको हत्यापछि भड्केको हिंसात्मक प्रदर्शनलाई रोक्नेबारे छलफल गर्न प्रधानमन्त्री केयर स्टाररले सोमबार ‘कोब्रा मिटिङ’ बोलाएका छन्।
‘कोब्रा मिटिङ’ एक आपतकालीन प्रतिक्रिया समिति हो। यसमा मन्त्रीहरू, निजामती कर्मचारीहरू, प्रहरी, गुप्तचर अधिकारीलगायत सहभागी हुन्छन्। मर्सीसाइडमा अघिल्लो सोमबार प्रख्यात गायिका टेलर स्विफ्ट रहेको डान्स पार्टीमा तीन बालिकाको छुरा प्रहारबाट हत्या भएको थियो।
संदिग्ध आक्रमणकारी आप्रवासी र कट्टरपन्थी इस्लामवादी थिए भन्ने गलत जानकारी फैलिएपछि आप्रवासी विरोधी र मुस्लिम विरोधी समूहहरूले विरोध प्रदर्शन गरेका हुन्। त्यसपछि बेलायतका विभिन्न शहरहरूमा भएका हिंसात्मक विरोध प्रदर्शनमा १५० जनाभन्दा धेरै व्यक्ति पक्राउ परिसकेका छन्।
हिंसात्मक प्रदर्शनका क्रममा आइतबार प्रदर्शनकारीहरुले प्रहरीमाथि इँटा, बोतल र आगो प्रहार गरेका थिए।
आपतकालीन समितिको सोमबारको बैठकले सप्ताहन्तमा भएको हिंसा र आगामी दिनमा हुने प्रतिक्रियाका बारेमा सरकारलाई जानकारी गराउने उद्देश्य राखिएको छ। यही हिंसाको विषयलाई लिएर यसअघि गत बिहीबार प्रधानमन्त्री र प्रहरी प्रमुखहरूबीच भएको बैठक र शनिबार वरिष्ठ मन्त्रीहरूको बैठक बसेको थियो।
एक महिनाअघि मात्रै निर्वाचित प्रधानमन्त्री केयर स्टाररका लागि यो ठूलो चुनौती सावित भएको छ। उनले शान्ति स्थापनाका लागि सरकारले सक्दो पहल गर्ने र दोषीलाई कडा कारबाही गर्ने आश्वासन दिएका छन्। उनले घृणा जगाउने ‘अतिवादी’ विरुद्ध कारबाही गर्न प्रहरीलाई सरकारको पूर्ण समर्थन रहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
