सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको डेढ लाख

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सोमबार (आज) सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबा भएको छापावाल सुन आज ३०० रूपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, आज चाँदीको मूल्य भने  स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि  सोही  मूल्यमा कारोबार भइरहेको छ।