बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशी बताउँछन्।
सुनसरी– बराहक्षेत्रस्थित श्रीलंका टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ।
आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए। “केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन, पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको छ,” उनले भने।
गाँज लाग्ने बेलामा पानी नपरेको किसानको भनाइ छ। विद्युत् सबै ठाउँमा नपुग्दा मोटरबाट पानी लगाउनसमेत नसकिएको उनीहरू बताउँछन्। ६ वर्षअघिसम्म श्रीलंका टप्पुका किसानले धानखेती गर्दैन थिए। चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपर्थ्यो। बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए। तर सबै खेतमा विद्युत्को पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन्।
यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए। गरैया कृषि सहकारीले पनि १९ बोरा (६६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिए।
बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलंका टप्पु दुई वटा वडाले छोएको छ। वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन्। हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धानखेती गरेका छन्। “पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ,” कृषक रामभुवन राय यादवले भने।
कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ। विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यस वर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ।
“पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्,” गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भने। कृषक पानी पर्ने आशामा बसेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
