सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
बीबीसीले स्रोतलाई उद्धृत गर्दै उनले पदबाट राजीनामा दिएर बांग्लादेश छाडेको उल्लेख गरेको छ। बीबीसीले उनी हेलिकप्टरमार्फत भारत प्रस्थान गरेको उल्लेख गरेको छ।
यसैबीच हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। बांग्लादेशमा प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेको छ।
बांग्लादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको छ। यसैबीच बांग्लादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशबासीका नाममा सम्बोधन गर्ने सैनिक स्रोतलाई उद्धृत गर्दै एएफपीलाई जनाएको छ।
आन्दोलनमा प्रहरीको धरपकड र कैयनको मृत्यु पछि पनि सडक प्रदर्शनमा जनसहभागिता उल्लेख्य रूपमा बढेको छ। प्रदर्शनकारीले प्रधानमन्त्री हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
