नेप्से परिसूचक २८ सयको विन्दुनजिक, २१ अर्बको कारोबार

सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १.४७ प्रतिशतको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४०.७६ अंकले बढेर सोमबार २७९६.३८ को बिन्दुमा कायम भएको हो। 

३२६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ६.६९ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत् समूह ३.०९, लगानी ३.५२, जीवन बीमा ३.२३, जीवन बीमा १.२५, व्यापार ५.७० र अन्य समूह ५.७३ प्रतिशतले बढेको छ। अरू समूहको उपसूचक भने रातो देखिएको छ। 

आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। रुरु जलविद्युत् परियोजना लिमिटेड, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब २६ करोड चार लाख ८८ हजार ७७२ रुपैयाँ बराबरको १५ लाख ४९ हजार ९८ कित्ता शेयर किनबेच भएको छ।