बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।
बांग्लादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो जानकारी गराएका छन्।
बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले सोमबार हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन्।
“प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ। अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,” उनले भने। कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आफैँ गर्ने या अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा भने उनले केही बताएनन्।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन्। उनी आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी छन्।
“देशले धेरै क्षति बेहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन्। अब यो हिंसा रोक्ने समय छ,” वाकरले भने, “मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ।”
बांग्लादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले शुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको छ।
आन्दोलन उत्कर्षमा पुगेसँगै आन्दोलनकारी प्रधानमन्त्री कार्यालय रहेको भवनमा प्रवेश गरेका थिए। बांग्लादेशका सञ्चारमाध्यमले प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्वीर प्रसारण गरेका छन्।
आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३०० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
