बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।
झापा– बांग्लादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वी नाका काँकडभिट्टामा रोकिएका छन्। बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको हो।
गत असारको अन्तिमबाट ठप्प भएको बांग्लादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो। फेरि सोमबारदेखि तीन दिनका लागि बन्द भएको छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन्। त्यस्तै बांग्लादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बांग्लादेशतर्फ नै रोकिएका छन्।
पारवहन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ मा ११ दिनमा एक करोड ३५ लाख ८९ हजार ५६३ रुपैयाँ बराबरको सामग्री निर्यात र २० करोड ६५ लाख ६२ हजार ७३ रुपैयाँको आयात भएको छ।
मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार दाल, जडीबुटी, मोलासिस, खाद्य पदार्थ, पशु आहाराको कच्चा पदार्थ, खयर कत्था, रङरोगनका पदार्थ बांग्लादेश निर्यात हुन्छ। यसैगरी जुट, भटमासको पिना, एलोपेथिक औषधि, लिड एसिड ब्याट्री, कपडा, फलफूलको जुस, ग्लास सिट, बिस्कुट तथा चकलेटलगायतका सामग्री आयात हुने गरेका छन् ।
आन्दोलन चर्किँदै गएपछि बांग्लादेशको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
