काभा भलिबलमा नेपालसँग मल्दिभ्स पराजित

काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।

काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत सोमबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

नेपालले मल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित गर्‍यो। नेपाल समूह चरणको अंकतालिकामा दोस्रो स्थानमा रह्यो। नेपालले यसअघि श्रीलंका र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो।

नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ। इरान अंकतालिकाको तेस्रो स्थानमा छ। 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गरे। नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए।

अर्को सेमिफाइनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो। सोमबार दिउँसो ३ बजे शुरू हुने पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्नेछ भने साँझ ५ः१५ बजे शुरू हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ।