सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी मिर्गौला प्रत्यारोपण गर्न नपाएको कारण कीर्तिपुरका प्रमुखको निधन भएको र उपचारको अभावमा संगीतकार गुरुदेव कामदको निधन हुनुभन्दा विडम्बनापूर्ण रहेको बताए।
उनले रोग लाग्नुभन्दा पहिले नै निदानको प्रबन्ध गर्न र हरेक विद्यालयमा योग शिक्षकको व्यवस्था गर्न गर्नुपर्ने बताए। सांसद भण्डारीले शिक्षा प्रणालीमा देखिएको समस्या समाधान गर्न र आगामी दिनमा उत्पन्न हुनै नदिने प्रबन्ध गर्नैपर्ने उल्लेख गरे।
नदी किनार, पहिरो जाने स्थानमा लामो समयदेखि बस्दै आएका सुकुमबासीलाई राजनीतिक पार्टीको रसिद थमाइएको तर उनीहरूको समस्या समाधान हुन नसकेको उल्लेख गर्दै उनले वास्तविक सुकुमबासीको पहिचान गर्नुपर्ने बताए। उनले राजनीतिक स्थायित्व भएको खण्डमा मुलुक बन्ने स्पष्ट पारे।
सांसद अच्युतप्रसाद मैनालीले संविधानमा उल्लेख गरिएको मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सबैको ध्यानाकर्षण गराए।
सांसद डा. तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा मौलाएको अनियमितता पारदर्शी तवरले छानबिन गरेको उल्लेख गरिन्। उनले रेडक्रसमा रगत संकलन र भण्डारणमा समेत अनियमितता रहेको पाइएको भनेर छानबिन समितिले औँल्याएको बताइन्।
रेडक्रसका पदाधिकारी आर्थिक अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको, रक्तसञ्चार भवन निर्माणमा भ्रष्टाचार भएको, भक्तपुरको जग्गा खरिदमा पनि उस्तै बेथिति रहेको पाइएको उनको भवन छ। मानवीय संस्थामाथि भ्रष्टाचारको प्रश्न उठ्नु आफैँमा दुःखद रहेको सांसद कार्कीको भनाइ छ।
सांसद प्रभु साहले बांग्लादेशमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए। उनले बांग्लादेशका रहेका नेपालीको अवस्थाका बारेमा सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।
सांसद रामकृष्ण यादवले अघिल्ला सरकारले गरेको गल्ती र कमजोरी वर्तमान सरकारले नदोहोर्याउने विश्वास व्यक्त गरे। उनले बजेट विनियोजनको अभावका कारण धनुषाका विभिन्न विकास निर्माणको काम प्रभावित भएको बताए।
सांसद दयालबहादुर शाहीले वर्तमान सरकार देश बनाउन बनेको उल्लेख गर्दै फाइल लुकाउन नभएको बताए। स्वाधीन अर्थतन्त्रको विकासका लागि वर्तमान सरकार गठन भएको उल्लेख गर्दै उनले निष्ठाको राजनीतिका लागि दुई ठूला दल एकापसमा मिलेको उल्लेख गरे।
सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुमको चौरजहारीमा रहेको नहर मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए। बैंकमा रहेको पुँजी सहज र सरल रूपमा प्रवाह हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।
सांसद लालप्रसाद सावा लिम्बूले विभिन्न देशमा रहेका नेपाली भाषीले आफ्नो पहिचानको खोजी गरिरहेको उल्लेख गर्दै नेपाल आउँदा सहज रूपमा प्रवेश गर्न पाउने व्यवस्था गर्न माग गरे।
सांसद वासुदेव घिमिरेले उद्योगी व्यवसायी मजदुर तथा किसान वर्तमान सरकार गठन भएपछि उत्साहित भएको उल्लेख गर्दै शेयर बजारमा देखिएको सकारात्मक परिवर्तन त्यसैको उपज भएको बताए। उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समाचारले स्थानीयवासी उत्साहित भएको स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
