प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।
बांग्लादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन्। उनी सोमबार साँझ सी–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँ दिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी हुन्। विमानलाई भारतीय वायु सेनाको सी–१७ र सी–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारसंस्था एएनआईले जनाएको छ।
भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए। यद्यपि हसिना दिल्लीमा बस्ने या अन्यत्र जाने भन्ने स्पष्ट छैन। बांग्लादेशका सञ्चारमाध्यमले उनी लन्डन जान सक्ने अनुमान गरेका छन्।
स्रोतहरूका अनुसार बांग्लादेशी सी–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकु विमान उडेको थियो। केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो। भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना र उनकी बहिनी मुलुकमा जारी आन्दोलनका बीच बांग्लादेशबाट भागेका हुन्। हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकामा प्रदर्शनकारीले हर्षोल्लाससाथ खुशियाली मनाएका छन्। उनी ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए। प्रदर्शनकारीले गणभवनको मैदानमा हात उठाएर खुशियाली मनाएका थिए।
सोमबार नै देशवासीका नाममा सम्बोधन गर्दै बांग्लादेशका सेना प्रमुख जनरल वकार–उज–जमानले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदै अब अन्तरिम सरकार गठन हुने बताएका छन्।
उनले सबै प्रदर्शनकारीलाई शान्ति र व्यवस्था कायम गर्नका लागि सहयोग गर्न पनि आग्रह गरे। “मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ”, उनले भने, “कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
