पाेल्यान्ड र फ्रान्स अन्तिम पटक सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि खेलेका थिए। उक्त खेलमा पोल्यान्ड ३-२ ले विजयी भएकाे थियो।
काठमाडाैँ– साविक विजेता फ्रान्स कतार विश्वकप २०२२ मा ६ अंकसहित नकआउट चरणमा प्रवेश गर्यो। समूह चरणअन्तर्गको अन्तिम खेलमा ट्युनिसियासँग पराजय भोगेपनि अंक तालिकामा शीर्षस्थानमा रह्याे।
तर मुख्य खेलाडीबिना उत्रिएको फ्रान्सले ढुक्कसँग खेल्यो र ३ अंक गुमाएकाे थियाे। अर्कातर्फ पोल्यान्डले भने समूह चरणमा निकै फरक खेल खेल्यो। गोल अन्तरले नकआउट चरणमा प्रवेश गर्न पोल्यान्डलाई मेक्सिको र साउदी अरबको खेलको नतिजामा भर पर्नु परेको थियो। अन्तिम खेलमा अर्जेन्टिनासँग २-० को हार बेहोरेको पोल्यान्डलाई दाेस्राे चरण प्रवेश गर्न साउदी अरबले मद्दत गर्यो।
उपाधि दाबेदार मानिएको अर्जेन्टिनामाथि पहिलाे खेलमै २-१ को सनसनीपूर्ण जित निकालेको साउदी अरबले अन्तिम खेलसम्म त्यही लयलाई कायम राख्यो र मेक्सिकोलाई १-२ ले रोक्न सफल भयो। यस खेलमा मेक्सिकोले २ गोल अन्तरको जित नजिकालेको भए पोल्यान्डको समूह चरणमै सिमित हुने पक्का थियो।
तर, दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा साउदी अरबका सलेम अल दवासरीले गरेको गोलले पोल्यान्डलाई सन् १९८६ पछि पहिलो पटक नकआउट प्रवेश गर्ने बाटो खोल्दियो। अल थुमामा स्टेडियममा आइतबार क्वार्टरफाइनल प्रवेशका लागि डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध खेल्दा पोल्यान्डलाई समूह चरणको खेलमा जस्तो कुनै मौका हुने छैन।
यस खेलमा जित नै आवश्वक पर्ने छ। फ्रान्स र पोल्यान्ड शैलीको मामलामा एक अर्कामा पूर्णतया फरक छन्। फ्रान्स निरन्तर आक्रमण बुन्दै गोल गर्ने क्षमता राख्दछ। फ्रान्सले समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग हार बेहोरेपनि यसलाई स्वभाविक नतिजा नै मान्नुपर्छ। उक्त खेलमा फ्रान्सले केलियन एम्बाप्पे, ओस्मान डेम्बेले र एन्टोनियो ग्रिजम्यान जस्ता आफ्नो मुख्य खेलाडीहरूलाई अर्को खेलमा तयार बनाउन आराम दिएको थियो।
उक्त मौकाको फाइदा उठाएको ट्युनिसियाका फरवार्ड वाहबी खजरीले गोल गरे र जित दिलाए। तर, त्यसअघि फ्रान्सले अस्ट्रेलियाविरुद्ध चार र डेनमार्कविरुद्ध दुई गोल गरेका गरेको थियो। "उनीहरूसँग लेवान्डोस्कीजस्ता अनुभवी खेलाडी छन्। जुनसुकै बेला फ्रान्सलाई दबाबमा राख्न सक्छन्। त्यसैले कम आँक्न सकिँदैन", फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले एफएफएफ टिभीसँग कुरा गर्दै भने।
डेसच्याम्प्सले भनेको जस्तै पोल्यान्डको ठूलो नाम भनेको फरवार्ड रोबर्ट लेवान्डोस्की नै हुन्। नकआउट चरणमा पुग्दासम्म लेवान्डोस्कीमा पूर्ण निर्भर रहेको देखिन्छ। अर्जेन्टिनाविरुद्धको खेलमा चल्न नसकेका उनी अघिल्लो दुई खेलमा भने टोलीको महत्त्वपूर्ण सदस्यका रूपमा रहे। अर्जेन्टिनाविरूद्धको खेलमा डिफेन्सिभ खेलेको पोल्यान्ड गोलरक्षक वोज्सिच स्जेस्नीमा धेरै निर्भर देखिन्थ्यो।
उक्त खेल बराबरीमा नतिजा निकालेपनि नकआउट चरणमा सहजै पुग्ने भएको कारण पोल्यान्डले गोल गर्न कुनै चासो देखाएन। यद्यपि, आइतबार फ्रान्सविरूद्ध मैदान उत्रिँदा पोल्यान्डले त्यो रक्षात्मक रणनीतिलाई परिवर्तन गर्नुपर्ने हुन्छ। नत्र फ्रान्सले पोल्यान्डलाई ब्याक-टु-प्याक आक्रमण गर्दै व्यस्त बनाउने छ। यसअघि फ्रान्स र पोल्यान्ड नकआउट चरणमा भेटिसकेका छन्। सन् १९८२ मा को विश्वकपमा धएको भेटमा पोल्यान्डले फ्रान्सलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो।
फ्रान्सले पोल्यान्डसँग खेल्दा ८ खेलमा जित र ३ मा हार बेहोरेको छ भने ५ खेल बराबरीमा टुंगाएको छ। फ्रान्स र पोल्यान्ड अन्तिमपटक सन् १९८२ को विश्वकपमा तेस्रो स्थानको लागि खेलेका थिए। उक्त खेलमा पोल्यान्डले फ्रान्सलाई ३-२ ले हराएको थियो। फ्रान्सले पोल्यान्डसँग अन्तिम पटक हार बेहोरेको ४० वर्ष भइसक्यो।
त्यसको ४ वर्षपछि भएको मैत्रीपूर्ण खेलमा विश्वकपमा बेहोरेको हारको बदला लिँदै फ्रान्सले ४-० को जित हात पारेको थियो। अन्तिम पटक सन् २०११ मा आयोजना भएको मैत्रीपूर्ण खेलमा पनि फ्रान्सले पोल्यान्डलाई १-० ले हराउँदै आफ्नो दबदबा कायमै राखेको थियो। त्यसयता यी दुई टोलीमा धेरै परिवर्तन भइसकेको छ।
फ्रान्स युरोपेली राष्ट्रमा शक्तिशाली टोली भएर उदाएको छ। पोल्यान्डलाई पनि कम आँक्न सकिँदैन। सन् १९९८ र २०१८ मा विश्वकप जितेको फ्रान्सले लगातार तीनपटक नकआउट चरणमा स्थान बनाउन सफल भइसकेको छ। सन् २००६ को विश्वकपमा उपविजेता बनेको फ्रान्सले त्यसयता आफ्रिकामा आयोजित विश्वकपमा मात्रै समूह चरण पार गर्न सकेको थिएन।
ब्राजिल विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियाे। रसिया विश्वकपमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
