कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ। जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। 

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर साधारणतया बदली रहने छ।

सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी, राति देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनीका एक-दुई स्थानमा भने अति भारी वर्षाको पनि सम्भावना रहको महाशाखाले जनाएको छ।