पेरिस ओलम्पिक: अमेरिका ७९ पदकसहित शीर्ष स्थानमा

चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।

तस्वीर: एएफपी।

काठमाडौँ– पेरिस ओलम्पिकमा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित शीर्ष स्थानमा छ। चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।

चीनले २१ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक हात पारेको छ। फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदकसहित कुल ४८ पदक जित्दै पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ। 

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कांस्यसहित ३३ पदक जितेको छ। पाँचौँ स्थानको बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कांस्यसहित कुल ४२ पदक जितेको छ।  

दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्य, जापानले १० स्वर्ण, पाँच रजत र ११ कांस्य, इटलीले नौ स्वर्ण, १० रजत र ६ कांस्य, नेदरल्यान्ड्सले सात स्वर्ण, पाँच रजत र पाँच कांस्य तथा दशौँ स्थानमा रहेको जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कांस्य जितेका छन्।