राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।
राँझा– होलिया र गंगापुर जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुंगा चढ्नुपर्ने बाध्यता छ।
बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुंगाकै भरमा नदी तर्ने गर्छन्। राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ गंगापुरका सोहनलाल यादवले बताए।
उनका अनुसार, राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्। खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुंगा सधैँ तयारी अवस्थामा रहन्छ।
“नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुंगे पुल छैन, त्यसैले डुंगा चढ्नुको विकल्प छैन,” राप्ती सोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शंकर यादवले भने, “हिउँद वर्षा जहिले पनि डुंगाबाट राप्ती नदी वारपार गर्ने गरेका छौँ।”
डुंगामा नदी तारेको प्रतिव्यक्ति १० रुपैयाँ तिर्नु पर्छ। गाईभैँसी बोकेबापत २०, साइकलको १५ र मोटरसाइकलको ६० रुपैयाँ लिने गरेको डुंगाचालक नानबाबु पासीले बताए। डुंगामा एकै पटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको उनको भनाइ छ।
हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन्। हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका दर्जनौँ नागरिक डुंगा तरेर जाने गर्छन्।
भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्यवस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुंगाचालक पासीले बताए। डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुंगा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए।
राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुंगामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको सांसद सूर्य ढकालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
