बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

फाइल तस्वीर।

बलेवा– बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

उता, बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का अध्यक्ष कृष्णबहादुर केसीले बताए।