तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

काठमाडौँ– कीर्तिमान कायम गरेको सुनको मूल्य मंगलबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ।

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबारका लागि प्रतितोला एक लाख ४७ हजार ७०० निर्धारण भएको छ।

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार कायम भएको छ। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार ५०० मा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला एक हजार ७८५ मा कारोबार भएकामा आजका लागि रु एक हजार ७२५ निर्धारण भएको छ।