हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्।
अमेरिकाले जापानको हिरोसिमामा परमाणु बम आक्रमण गरेको ७९औँ वर्ष पूरा भएको छ। सन् १९४५ अगस्ट ६ मा भएको हिरोसिमा आक्रमणमा १ लाख ४० हजार मानिसकको ज्यान गएको थियो।
आक्रमण पीडितको सम्झनामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्।
“युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसको ज्यान लिइरहेको छ,” उनले भने, “यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबीच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ ।”
दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गराउने उद्देश्यले अमेरिकाले परमाणु जापानी शहर हिरोसिमामा बम खसालेको थियो ।
विश्वयुद्धको सुरुमा अमेरिका सहभागी भएको थिएन । तर १९४१ को डिसेम्बर ७ मा जापानले पर्ल हार्बरमा गरेको बम आक्रमणमा २३ सयभन्दा धेरै अमेरिकी सैनिक मारिएपछि अमेरिका युद्धमा संलग्न भएको थियो। अमेरिकी राष्ट्रपति र्फ्र्यांकलीन डी रुजबेल्टले जापानमाथि बदला लिने त्यति बेला नै घोषणा गरेका थिए ।
सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकाले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो। यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
