सन् २०२० मा पनि इरानले त्यहाँको सैन्य बल प्रमुख कासिम सुलेमानीबारे सूचना चुहाएको आरोपमा एक जनालाई मृत्युदण्ड दिएको थियो। केही समयपछि सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा परी मृत्यु भएको थियो।
इरानले आइतबार ४ जनालाई मृत्युदण्ड दिएको छ। इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर विभाग मोसादका लागि काम गरेको भन्दै इरानले आफ्ना ४ जना नागरिकलाई मृत्युदण्ड दिएको इरानी सरकारी मिडिया इस्लामिक रिपब्लिक न्यूज एजेन्सी आईआरएनएले जनाएको छ। यस्तै, अन्य ३ जनालाई पाँचदेखि दश वर्षसम्मको जेल सजाय सुनाइएको छ।
इरानले होसैन ओर्दोखान्जादेह, शाहिन इमानी मोहमोदबादी, मिलाद अस्राफी र मनौचेहर शाहबन्दीलाई मृत्युदण्ड दिएको सरकारी मिडियाले उल्लेख गरेको छ। इरानीको शक्तिशाली क्रान्तिकारी बलले मोसादसँग सम्बन्धित सञ्जालका थुप्रै मानिसलाई नियन्त्रणमा लिएको पनि आईआरएनएको भनाइ छ। पक्राउ परेका अधिकांश मानिस आपराधिक पृष्ठभूमिका भएको र उनीहरूले इरानको राष्ट्रिय सुरक्षामा असर पुर्याउने प्रयास गरेको बताइएको छ।
ती व्यक्तिहरूले इरानका निजी र सरकारी सम्पत्ति नष्ट तथा चोरी गर्ने र मानिसहरूलाई अपहरण गरी केरकार गर्ने गरेको सरकारी प्रतिवेदनमा उल्लेख छ। गुप्तचर आरोपीले हतियार संकलन गरेको र त्यसबापत उनीहरूलाई मोसादले क्रिप्टोकरेन्सीमार्फत भुक्तानी दिँदै आएको समेत सरकारको आरोप छ।
इजरायल र इरान कट्टर क्षेत्रीय शत्रु राष्ट्र हुन्। अमेरिका र इजरायलसहित विदेशी मुलुकका लागि गुप्तचरको काम गरेको भन्दै इरानले बेलाबेला आफ्ना नागरिकलाई पक्रिने गरेको छ। इरानको क्रान्तिकारी सैन्य बल प्रमुख कासिम सुलेमानीबारेको सूचना इजरायल र अमेरिकासम्म चुहावट गरेको भन्दै सन् २०२० मा इरानले एकजनालाई मृत्युदण्ड दिएको थियो। त्यसको केही दिनपछि अमेरिकी ड्रोन आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो। घटनापछि इरानले अमेरिकासँग यसको बदला लिएरै छाड्ने प्रतिबद्धतासमेत गरेको थियो।
इरानले इजरायललाई मुलुकका रूपमा पनि मान्यता दिँदैन भने सो क्षेत्रका इजरायल विरोधी सशस्त्र समूहहरू हिजबुल्लाह र हमासको समर्थनमा उभिँदै आएको छ। इरान र इजरायलले एकअर्काकाविरुद्ध गुप्तचर खटाएको आरोप लगाउँदै आएका छन्।
इरानले आणविक हतियार निर्माण र संकलन गरेको भन्दै इजरायलले बेलाबेला सैन्य कारबाहीको चेतावनी पनि दिने गरेको छ भने इजरायलले इरानलाई आफ्नो ठूलो चूनौतीका रूपमा हेर्ने गरेको छ। इरानले भने त्यस्ता हतियार नबनाएको बरू इजरायली आक्रोशविरुद्ध गतिलो जवाफ दिने चेतावनी दिँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
