गुल्मीमा पहिरोमा घर पुरिँदा ४ जनाको मृत्यु, २ घाइते

मुसिकोट नगरपालिकाको बिसौनाका स्थानीय विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो।

फाइल तस्वीर।

तम्घास– गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो।

घाइते भएका दुई जनाको सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो।