जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीभित्र पानी छिरेको छ। उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबी खोलालगायतमा बाढी आएको छ। नदीका तटीय क्षेत्रका बस्तीमा बाढी पसेको छ। त्यस्तै, बागमती करिडोर टेकु क्षेत्र पुनः डुबानमा परेको छ। वर्षाका कारण काठमाडौँका धेरै जलमग्न भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ। करिडोर क्षेत्रमा यातायात प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। हेर्नुहोस् तस्वीरहरू :