नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ। कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७.२२ अंकले ओरालो लागेर ४६४.५६ मा सीमित भएको छ।
कुल पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ कारोबार भएको छ। नेप्सेका अनुसार घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
कुर्थली बुखरी स्मल हाइड्रोपावर ९.९७, लक्ष्मी भ्याल्यू फन्ड दोस्रो ३.९४, मेघा म्युचुअल फन्ड पहिलो ३.८१ र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ३.१६ प्रतिशतले कमाएका छन्।
नेपाल फाइनान्स, गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रो पावर र एनआरएन इन्फास्ट्रक्चर, शिवम पावर हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
