बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। पहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ।

मंगलबार बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।

मंगलबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये सात जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए। उनका अनुसार उद्धार गरिएका चार जनामध्ये दुई जनाको अवस्था गम्भीर छ।