बांग्लादेशका राष्ट्रपतिले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्।
बांग्लादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्। उनले गत जनवरी ७ मा भएको निर्वाचनबाट गठन भएको १२औँ संसद् विघटन गरेका हुन्।
“सशस्त्र बलका तीन वटै तहका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेदविरुद्ध विद्यार्थी आन्दोलनका अगुवासँग राष्ट्रपतिले गर्नुभएको छलफलपछि संसद् विघटन गर्ने निर्णय गरिएको हो,” राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, बीएनपी अध्यक्ष खालिदा जियालाई पनि रिहा गरिएको विज्ञप्तिमा उल्लेख छ। जियालाई सन् २०१८ मा हसिना सरकारले भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो। यसबाहेक जुलाई १ देखि अगस्टका बीचमा पक्राउ परेकाहरूलाई रिहा गर्ने प्रक्रिया पनि थालिएको द डेली स्टारले उल्लेख गरेको छ।
बांग्लादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोधबाट शुरू भएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुग्दै गर्दा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्।
बांग्लादेशमा आएको राजनीतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपतिले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति दिएका छन्।
विद्यार्थी आन्दोलनका नेताले नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
