काभा महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।
काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो। भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो। त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलंकामाथि २५–२३ को जित निकाल्यो।
खेलको तेस्रो सेटमा भने श्रीलंका प्रदर्शन उत्कृष्ट रहेको थियो। श्रीलंकाले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलंकाले लामो समयसम्म जोगाउन सकेन। त्यसपछि भारतले लगातार चार अंक बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो।
त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पार्यो। अहिले दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा गर्दै छन्। यसअघि समूह चरणको खेलमा इरानसँग नेपाल ३–२ ले पराजित भएको थियो। सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
