यी ६ दिदीबहिनीका एक मात्र दाइ हुन्, स्टेन्ली। उनको दुर्घटनामा मृत्यु नभएको भए अहिले १०२ वर्षका हुन्थे।
अमेरिकाको मिसौरीका ६ दिदीबहिनीहरूले ‘जीवित दिदीबहिनीहरूको सबैभन्दा ठूलो संयुक्त उमेर’को लागि विश्व कीर्तिमान कायम गरेका छन्।
फार्मिङ्टनको एक परिवारमा जन्मिएका ती दिदीबहिनीहरूमा नोर्मा ज्याकब १०१, लोरेन कोल्मेयर ९८, म्याक्सिन कोल ९७, डोरिस ग्रिफिथ ९४, मार्गरेट नोर्टन ९० र कान्छी बहिनी एल्मा जेनिङको उमेर ८८ वर्ष रहेको छ।
उनीहरूको उमेर गिनिज वर्ल्ड रेकर्ड्सले गत मार्च ६ मा प्रमाणित गरेको थियो। त्यतिबेला उनीहरूको उमेरको जोडफल ५७१ वर्ष २९३ दिन थियो। ‘गुडमर्निङ अमेरिका’सँगको एक अन्तर्वार्तामा, कोलले उपाधिका लागि आवेदन दिने विचार उनको जेठी दिदी ज्याकबका छोरा, डीनबाट आएको बताइन्।

रेकर्डको लागि प्रतिस्पर्धा गर्न उनीहरूले आफ्नो उमेर र पृष्ठभूमि प्रमाणित गर्न जन्म प्रमाणपत्र, विवाह प्रमाणपत्र, स्कुल रेकर्ड र फोटोहरू लगायतका १०० भन्दा बढी कागजातहरू बुझाउनु परेको थियो।
कोल, जो अझै पनि मिसौरीमा बस्छिन्। “हामीसँग गजबको सम्बन्ध छ। हामी सधैँ नजिक छौँ,” उनले भनिन्, “समय बित्दै गयो। हामीमध्ये कोही शहरबाट बाहिर गयौँ। म चाहिँ जीवनभर यहीँ बसेँ। अरू तीन दिदीबहिनीहरू यहाँ छन्।”

कोलले बताइन् कि उनी र उनका बहिनीहरूले उमेर बढ्दै जाँदा सँगै यात्रा गरे, वासिंगटन, डीसी, ब्रान्सन, मिसौरीमा सिल्भर डलर सिटी जस्ता थिम पार्कहरू पनि भ्रमण गरे। विगत नौ दशकहरूमा विश्वका केही महत्त्वपूर्ण घटना जस्तै, सन् १९३० को दशकको महामन्दी, दोस्रो विश्वयुद्ध, र कोरोना महामारीलगायत सँगै अनुभव गरेका कोलले बताइन्।

यी ६ दिदीबहिनीका एक मात्र दाइ हुन्, स्टेन्ली। उनको मृत्यु नभएको भए अहिले १०२ वर्षका हुन्थे, तर मोटरसाइकल दुर्घटनामा परेर ८२ वर्षको उमेरमा निधन भएको थियो।
उनका दिदीबहिनीहरू अहिले आ–आफ्नो आवश्यकता र स्वास्थ्य चिन्ताका कारण विभिन्न प्रकारको जीवनयापन अवस्थामा छन्। तिनीहरूबीच अझै पनि सम्बन्ध राम्रो रहेको उनले बताएकी छन्। सबै दिदीबहिनीहरूबीचको सम्बन्ध राम्रो हुनुमा उनले आफ्ना आमाबाबुलाई श्रेय दिएकी छन्।
“हामी सबै चर्चमा हुर्केका थियौँ। आमाबुवाले हामीलाई अनुशासनमा बस्न र एकअर्काप्रति दयालु हुन र माया गर्न सिकाएका छन्। र, वास्तवमा, हाम्रो दैनिक जीवनमा, हामीले त्यसो गर्ने प्रयास गरेका छौँ। र मलाई लाग्छ कि यो अद्भुत कुरा हो। हामीसँग अद्भुत आमाबाबु थिए।”
प्रायः तिनीहरूले आफ्नो जन्मक्रमलाई संकेत गर्ने नम्बरको टिसर्ट लगाएर सँगै यात्रा गर्ने गरेका छन्। उनी र उनका बहिनीहरूको विश्व कीर्तिमान उपलब्धिको बारेमा चर्चा गर्दै, कोलले भनिन्, “म त्यसको एक हिस्सा हुन पाउँदा साँच्चै धन्य महसुस गर्छु।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
