मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।
काठमाडौँ– मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।
अविरल वर्षाका कारण गत जेठ २८ गतेयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु हुनेको संख्या १६५ पुगेको छ।
मंगलबार बागलुङ र गुल्मीमा बढी मानवीय क्षति भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबाहादुर कार्कीले जानकारी दिए।
बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ५०, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जना गरी हालसम्म १६५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
विपद्मा परी आजसम्म १९८ जना घाइते भएका छन् भने १५१ जना बेपत्ता भएका छन्। प्रहरी प्रवक्ता कार्कीले मंगलबार थप चार जना बेपत्ता भएका जानकारी दिनुभयो ।
उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २५९ घर परिवार विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
