लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा नजान र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेकोछ।
काठमाडौँ– बेलायतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरिएको छ। केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन/हुलदंगा जारी रहेकाले बेलायत भ्रमण गर्न लागेका तथा त्यहाँ रहेका नेपाली नागरिकलाई सचेत रहन भनिएको हो।
लन्डनस्थित नेपाली राजदूतावासले मंगलबार सूचना जारी गर्दै बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ। साथै, सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ।
बेलायतस्थित नेपाली संघ/संगठनहरूलाई आफ्नो संस्था/समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन र त्यसका लागि समन्वय गर्न पनि दूतावासले अनुरोध गरेको छ। आपतकालीन अवस्थामा लन्डनस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ।
बेलायतको साउथपोर्ट नगरमा तीन जना बालिकाको छुरी हानी हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भइरहेको छ। मर्सीसाइडमा एक डान्स पार्टीमा तीन बालिकाको छुरा प्रहारबाट हत्या भएको थियो। त्यसपछि सन्दिग्ध आक्रमणकारी आप्रवासी र कट्टरपन्थी इस्लामवादी थिए भन्ने गलत जानकारी फैलिएपछि आप्रवासी तथा मुस्लिमविरोधी समूहहरूले शुरू गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
