दक्षिण कोरियामा अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ।
दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। करिब एक हजार ७०० मानिसले गर्मीसँग सम्बन्धित रोगको उपचार गराएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण आइतबार ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो।
मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको छ । गत वर्षको सोही अवधिमा एक हजार ६४६ जनाले उपचार गराएका थिए।
हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुचौपाया मरेका छन्। गत सातादेखि देशभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ।
अगस्ट ४ मा सियोलबाट दुई घण्टाको दूरीमा रहेको येओजु शहरमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो। दक्षिण कोरियामा सबैभन्दा गर्मी सन् २०१८ मा थियो। सियोलबाट एक घण्टा दूरीमा रहेको हङचेन शहरमा ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।
यहाँ अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
