अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताबीच मंगलबार साँझ वार्ता भएको थियो।
बांग्लादेशको अन्तरिम सरकारको प्रमुखमा नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।
युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन्। मंगलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकबीचको बैठकमा युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको थियो । त्यसअघि राष्ट्रपतिले बांग्लादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो खोलिदिएका थिए।
उनले तीनै सुरक्षा निकाय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र आरक्षणविरोधी आन्दोलनका अगुवा विद्यार्थीसँग भएको बैठकको निर्णयका आधारमा राष्ट्रिय संसद् भंग गरेका थिए।
युनुस हाल उपचारका लागि फ्रान्सको पेरिसमा छन्। ८४ वर्षीय युनुसले बांग्लादेशमा ग्रामीण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
