मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ।
काठमाडौँ– मंगलबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ को विन्दुमा कायम भएको हो।
आज नेप्से परिसूचक ४.०८ प्रतिशतले बढेको हो। ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७.८९ प्रतिशतले बढेको छ। बैंकिङ २.३२, विकास बैंक ४.५१, वित्त ७.३, होटल तथा पर्यटन ५.१३, जलविद्युत् ५.७२, लगानी ३.८९ र जीवन बीमा ३.९७ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ३.५३, लघुवित्त २.१७, म्युचुअल फन्ड १.०१, निर्जीवन बीमा ३.०८ र व्यापार समूह ५.५३ प्रतिशतले बढेको छ।
आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीनवटा कम्पनीको मात्रै घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्योरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार ४७३ रुपैयाँ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
