काभा महिला भलिबलमा इरान तेस्रो

प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतको सामना गरिरहेको छ।

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो। इरानले श्रीलंकामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो।

प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतको सामना गरिरहेको छ।