त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो।
काठमाडौँ– भारतले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो। खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो। योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ। भारतले लिग चरणमा ३–२ को सेटमा हार बेहोरेको थियो।
आजको फाइनल खेलको पहिलो सेट नेपालले जित्यो। करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्यो। निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो। त्यसपछि नेपालले लगतार दुई अंक बटुल्दै पहिलो सेट जित्न सफल भयो। खेलको दोस्रो सेट भने नेपालले गुमायो। करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो।
खेलको तेस्रो सेटको शुरूआत राम्रो गरेको नेपालले शुरूमा ३–० को अग्रता लिएको थियो। प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो। खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्यो।
नेपालले यसअघि सन् २०१९ मा दक्षिण एशियाली खेलकुद सागमा भारतसँग बेस्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
