बडिगाड पहिरो: ३ बालबालिका अझै बेपत्ता

बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेर सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापा बेपत्ता भएका छन्।

बलेवा– बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ। 

पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी गरिरहेको छ। 

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परेको छ। 

पहिरोमा परेर १० जना गम्भीर घाइते भएका थिए। जसमध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिइन्।