बिहीबारको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.७० अंकले उकालो लागेर २७६६.३८ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२१ अंकले उकालो लागेर ४८३.६८ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ।
नेप्सेका अनुसार पाँच करोड नौ लाख ४६ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ। विभिन्न ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन्।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर ८.०४, सानिमा बैंकको ऋणपत्र ७.६९,आरम्भ चौतारी लघुवित्त ४.९३, रुरु जलविद्युत् परियोजना ४.८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले ४.५६ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
