जापानको दक्षिणी क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछि सरकारले सुनामीको चेतावनी जारी गरेको छ।
जापानमा गएको शक्तिशाली भूकम्पपछि सरकारले सुनामीको चेतावनी जारी गरेको छ। जापानको दक्षिणी क्षेत्रमा बिहीबार ७.१ म्याग्निच्युडको भूकम्प गएको हो।
अमेरिकी भौगर्भिक सर्वे (यूएसजिएस)ले भूकम्पको केन्द्र क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ। जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
“सुनामीको छाल पटक–पटक आउन सक्छ, त्यसैले कृपया जोखिम टरेको अर्को सूचना जारी नहुँदासम्म समुद्र र तटीय क्षेत्रमा नजान र अग्लो स्थानमा रहन आवश्यक छ,” जापानको मौसम विज्ञान निकायले सामाजिक सञ्जाल एक्समा जारी संक्षिप्त निर्देशनमा भनिएको छ।
प्रधानमन्त्री फुमियो किसिदाले पनि भूकम्पसम्बन्धी केही निर्देशन जारी गरेका छन्। सुनामी र स्थानान्तरणसम्बन्धी सही जानकारी नागरिकलाई समयमै उपलब्ध गराउन, क्षति हुन नदिन सर्वसाधारणलाई उद्धार गर्नेजस्ता कदम चाल्न र जतिसक्दो चाँडो क्षतिको बारेमा स्थितिको आकलन गर्न प्रधानमन्त्री किसिदाले प्रशासनलाई निर्देशन दिएका हुन्।
उनले स्थानीय तहसँग घनिष्ठ समन्वय कायम गर्न र जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सुरक्षाकर्मी तथा अन्य उद्धारमा खटिने संस्थालाई निर्देशन दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
