गाउँका चौकीमा प्रहरी दरबन्दीभन्दा कम छन् भने त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ।
तुलसीपुर– दाङको ग्रामीण क्षेत्रका प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन्। इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा रहेका धेरैजसो प्रहरी चौकीमा दरबन्दी अनुसार प्रहरी छैनन्।
यसरी दरबन्दी अनुसार प्रहरी नहुँदा समस्या हुने गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए। उनका अनुसार सहरी क्षेत्रमा बढी जनशक्ति चाहिने भएकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेको भए पनि मातहतका चौकीमा भने दरबन्दी अनुसारका प्रहरी नभएको उनको भनाइ छ।
“केही परेमा हामीले (इप्रका तुलसीपुरबाट) जनशक्ति पठाउने गरेका छौँ,” उनले भने, “देशभरकै अवस्था त्यस्तै हो, सबै ठाउँबाट प्रहरीको माग भइरहेको छ।”
दाङको दङ्गीशरणस्थित इलाका प्रहरी कार्यालय हेकुलीमा २३ जनाको दरबन्दी हो। तर, त्यहाँ सात जना मात्रै कार्यरत छन्। तुलसीपुर उपमहानगरपालिका–१३ स्थित इलाका प्रहरी कार्यालय फूलबारीमा २३ जनाको दरबन्दी रहे पनि ६ जना मात्रै कार्यरत छन्। त्यस्तै, इलाका प्रहरी कार्यालय मलबारमा १७ जना दरबन्दी रहेकामा आठ, प्रहरी चौकी विजौरीमा १० जनाको दरबन्दी रहेकामा नौ, प्रहरी चौकी खाद्रेमा १० जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी गोल्टाकुरीमा १० जनाको दरबन्दी रहेकामा पाँच जना मात्रै कार्यरत छन्।
यस्तै प्रहरी चौकी बागरमा १४ जनाको दरबन्दी रहेकामा पाँच तथा प्रहरी चौकी उरहरीमा १४ जनाको दरबन्दी रहेकामा सात जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए। प्रहरी चौकीभन्दा अस्थायी प्रहरी चौकीमा प्रहरीको संख्या बढी छ। प्रहरी पोस्टहरू बजारमै भएकाले शान्तिसुरक्षाका लागि बढी प्रहरी परिचालन गरिएको उनले बताए।
अस्थायी प्रहरी पोस्ट तुलसीपुर बसपार्कमा सात, अस्थायी प्रहरी पोस्ट बेलुवामा आठ, अस्थायी प्रहरी पोस्ट दमारगाउँमा ६, अस्थायी प्रहरी पोस्ट बेलझुण्डीमा ६, अस्थायी प्रहरी पोस्ट बालापुरमा ६ तथा अस्थायी प्रहरी पोस्ट गोठीखोलामा पाँच जना कार्यरत छन्।
त्यस्तै, अस्थायी प्रहरी पोस्ट टरिगैँ ग्वारखोलामा पाँच, अस्थायी प्रहरी पोस्ट पर्सेनीमा आठ, अस्थायी प्रहरी पोस्ट छिल्लीकोटमा चार तथा राप्ती प्रादेशिक अस्पतालमा दुई जना कार्यरत रहेका प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरमा भने दरबन्दीभन्दा बढी प्रहरी कार्यरत रहेका छन्। प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार ६४ जनाको दरबन्दी रहेकामा ९६ जना कार्यरत छन्। बजार क्षेत्रमा बढी प्रहरी आवश्यक पर्ने उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुर मातहतमा इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा गरी १८५ जनाको दरबन्दी छ। तर, गाउँका प्रहरी चौकीमा प्रहरी दरबन्दीभन्दा कम भए पनि त्यो जनशक्तिलाई इलाका प्रहरी कार्यालय तुलसीपुर र अस्थायी प्रहरी चौकीमा राखिएको छ। दरबन्दी १८५ जनाको रहे पनि कार्यरत भने २०४ जना रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
