मुहम्मद युनुस नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा मुख्य रूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बांग्लादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएका छन्।
बांग्लादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्वविपक्षी दलका सदस्यहरूको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा उनको भूमिकाको शपथ गराएका हुन्। मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो। शपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन्।
यो साता विद्यार्थी नेता, नागरिक समाजका प्रतिनिधि र सेनाबीच भएको छलफलमा मन्त्रिपरिषद्का सदस्य युनुसलाई अन्तरिम नेताका रूपमा चयन गरिएको थियो। युनुसका लागि अब प्रमुख कार्यभार बांग्लादेशमा शान्ति पुनर्स्थापितसँगै हप्तौँको हिंसापछि नयाँ निर्वाचनको तयारी गर्नुरहेको छ। अन्तरिम मन्त्रिपरिषद्मा मुख्य रूपमा नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका दुई नेतासहित १६ जनालाई सहभागी गराइएको छ।
हप्तौँको हिंसामा विद्यार्थी कार्यकर्ताहरूले पूर्वप्रधानमन्त्री शेख हसिनाको १५ वर्षको निरंकुश शासनविरुद्ध विद्रोहको नेतृत्व गरेका थिए। सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा शुरू भएको धेरै साताको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन्। बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो र उनले पदबाट राजीनामा दिँदै देश छाडिन्।
सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका युनुसलाई अन्तरिम सरकार प्रमुखको भूमिका निर्वाह गर्नका लागि चयन गर्दा २०२४ ओलम्पिकका लागि फ्रान्सको राजधानी पेरिसमा थिए। उनी कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किएका थिए।
आफ्नो आगमनपछिको पहिलो टिप्पणीमा उनले आफ्नो प्राथमिकता व्यवस्था पुनर्स्थापना गर्नुरहेको बताए। “बांग्लादेश एउटा परिवार हो, हामीले यसलाई एकजुट गर्नुपर्छ,” उनले विद्यार्थी नेताहरूसँग भने, “यसको सम्भावना अपार छ।” बुधबार पेरिसबाटै युनुसले शान्ति र सबै पक्षपातपूर्ण हिंसा अन्त्य गर्न आह्वान गरेका थिए।
एएफपीका अनुसार युनुसको मन्त्रिमण्डलमा एक दर्जनभन्दा धेरै सदस्यले शपथ लिएका छन्। उनीहरू मन्त्री नभएर सल्लाहकारको पदमा छन्।
सल्लाहकार सदस्यहरूमा स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद छन्। उनीहरूले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए।
अन्यमा पूर्वविदेशसचिव तौहिद हुसेन र पूर्वमहान्यायाधिवक्ता हसन आरिफ छन्। पुरस्कार विजेता पर्यावरण वकिल सैयदा रिजवाना हसन र कानूनका शीर्ष प्राध्यापक तथा लेखक आसिफ नजरुलले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रमुख मानवाधिकार कार्यकर्ता आदिलुर रहमान खानले पनि सल्लाहकारका रूपमा शपथ लिएका छन्। उनलाई हसिना सरकारले दुई वर्षको जेल सजाय सुनाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
