झिनो अंकले बढ्यो नेप्से

आइतबार १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

काठमाडौँ- साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। 

आइतबार नेप्से २ दशमलव १६ अंकले बढेर १ हजार ९ सय ६३.२२ अंक विन्दुमा पुगेको हो। आज ९७ कम्पनीको सेयर मूल्य बढ्दा ८९ को घटेको छ भने १३ कम्पनीको स्थिर देखिएको छ। 

होटल तथा पर्यटन उपसमूह ४४.५३,  जीवन बिमा १८३.३६, जलविद्युत् ३.९८,  माइक्रो फाइनान्स १६.३५, निर्जीवन बिमा कम्पनी ५७.६९ र व्यापार उपसमूह १५.४४ अंकले बढेको छन्। 

आज १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। धौवलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ अंक, ओरिन्टल होटलको ६.५७, खप्तड लघुवित्तको ६.०७, युनाइटेड इन्स्योरेन्सको ५.७२ अंकले बढेको छ। 

कारोबार रकमका आधारमा नविल बैंक,  नेष्डो सम्बृद्ध लघुवित्त, फर्स्ट माइक्रो फाइनान्स लघुवित्त, हिमालयन डिष्ट्रिलरी अगाडि रहे।