शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको जहाज धावनमार्गमा पुगेर फर्काइएको थियो। केही यात्रुबीच विवाद भएपछि जहाज फर्काइएको श्री एयरलाइन्सले जनाएको छ।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट फर्किएको छ। जहाज धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो।
शुक्रबार बिहान ७:३० बजे सुर्खेत उडान तालिका रहेको उक्त जहाज धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु, प्रतिनिधिसभा सदस्य विनीता कठायतले जानकारी दिइन्।
“यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो, एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,” उनले भनिन्।
केही यात्रुबीच विवाद भएपछि जहाज फर्काइएको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए। “प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,” उनले भने, “नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रीबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।”
अहिले सोही विमानमार्फत यात्रीहरू बोर्डिङ भएर गन्तव्यमा उड्ने क्रममा रहेको व्यवस्थापक मानन्धरले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
