काठमाडौँको कमलादीमा भासियो सडक

काठमाडौँ महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ।

तस्वीर: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– काठमाडौँको कमलादीमा सडक भासिएको छ। टुकुचा खोलामाथि बनाइएको सडक भासिँदा रातिदेखि सवारी आवागमन ठप्प छ। 

काठमाडौँ प्लाजादेखि उत्तरतर्फ दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो। भ्वाङ परेको स्थानमा प्रहरीले घेरा हालेर राखेका छन्।